कानूनको पालना नहुँदा बेरुजु बढ्यो
काठमाडौँ । महालेखापरीक्षकको कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कानूनको पालना नहुँदा सरकारको बेरुजु बढेको बताएका छन । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै महालेखा परीक्षक काफ्लेले सो कुरा बताएका हुन् । उनले सरकारका लेखा उत्तरदायी अधिकृतहरुले संसदले कानून,नीति कार्यक्रम,कार्यान्वयन गर्न बसेको मन्त्रालयको सचिव लेखा उत्तरदायी अधिकृत र मातहतका संयन्त्रहरुले कानूनहरु पालना नगर्दा समस्या सिर्जना भएको बताउदै भएको कानूनहरु पालना नभएको काम अडिटरहरुले बेरुजु प्रतिवेदन मार्फत बाहिर ल्याइदिएको दाबी गरे ।
काफ्लेले संसदले पास गरिदिएको बजेट,ऐन कानून अनुसार खर्च हुन नसक्दा समस्या भइरहेको र राज्य काषको पैसा एक रुपैयाँ पनि नियम विपरित खर्च गर्न नपाउने भन्दै पछिल्लो समय एक वर्षमा १ खर्ब १९ अर्ब रुपैयाँको नियम विपरित भइरहेको बताए । उनले यस्तो हुँदा पनि लेखा उत्तरदायी अधिकृत अहिले पनि खुला रुपमा हिँडिरहेको बताए ।
काफ्लेले अडिट वा लेखा राख्ने सन्दर्भमा कानून सुधारको आवश्यक नभएको भन्दै कानूनको पालनामा भएको कमजोरीले गर्दा बेरुजु बढी रहेको बताए । उनले संसदले निर्देशन दिएपनि लेखा उत्तरदायीले काम नगरेको बताए ।