एलिस अलब्राईटको नेपाल भ्रमण र खुसियाली उत्सवलाई कालो दिनको संज्ञा !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरहीले एमसीसी परियोजनाका कार्यकारी प्रमुख एलिस अलब्राईटको नेपाल भ्रमण र खुसियाली उत्सवलाई कालो दिनको संज्ञा दिएका छन् । नेकपा स्याङ्जाले स्याङ्जाको वालिङमा आयोजना गरेको ‘ एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता ‘ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनगर्दै सो संज्ञा दिएका हुन्।
नेता विरहीले राष्ट्र र राष्ट्रियता विषयमा गम्भीर राष्ट्रघात गर्दै राज्य सञ्चालकहरु अगाडि बढेको टिप्पणी गर्दै एमसीसी सम्झौता अन्तर्राष्ट्रिय कानुनी विपरीत भएको समेत बताए । उनले आफ्नो देशको कानुनको बर्खिलाप सम्झौता भएको भन्दै यसप्रति नागरिक सचेत हुन जरुरी रहेको बताए ।
उक्त कार्यक्रममा नेकपाका पुर्वी गण्डक ब्युरो इन्चार्ज राजन सीले एमसीसी जुनसुकै हालतमा पनि कार्यनयन हुन नदिने दाबी गरेका छन् ।
उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैरेले राष्ट्रियता र जनजिविकाका विषयमा मोर्चाबन्दी बलियो बनाउदै लैजानुपर्ने विषयमा जोड दिए । यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य मीन प्रसाद कोईरालाले एमसीसी सम्झौता खारेज हुनुपर्नेमा जोड दिए ।
नेकपाका जिल्ला इन्चार्ज सागरको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शिव डुम्रे र स्वागत ध्रुव गौडेलेले गरेका थिए ।