‘स्थानीय उत्पादनले मात्र देशको अर्थतन्त्र सुधार आउछ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सीले स्थानीय उत्पादनले मात्र देशको अर्थतन्त्रमा सुधार आउने बताएका छन् । नेकपा दैलेखले आयोजना गरेको ‘वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
नेता भरत सीले जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि पनि जनजीविका र लक्षित वर्गको पहुँच बढ्न नसकेपछि एकीकृत जनक्रान्तिको उद्घोष गरेको बताउदै लक्ष्य पूरा गर्न समाजवादी सिद्धान्त मिल्नेहरुसँग सहकार्य गर्ने मार्ग खुल्ला रहेको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर खाँणले स्वस्थ प्रतिस्पर्धाबाट मित्र शक्तिहरुबीच समाजवाद विचारधाराबीच एकताको सम्भावना रहेको धारणा राखे ।
त्यसैगरी कार्यक्रममा नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य मयाराम अधिकारीले समाजको यात्रा तय गरेका कम्यूनिष्टहरुकै व्यवहार र कार्यशैलीमा समस्या रहेको औल्याए ।
नेपाल मजदूर किसान पार्टीका रत्न बहादुर श्रेष्ठले नेपालका कम्यूनिष्ट पार्टी सत्तामा पुगेको बेला बुर्जुवा र पूजीवादी व्यवहार देखिएको टिप्पणी गरे ।
त्यस्तै पत्रकार विशाल सुनारले रोइदिने र चर्को बोल्नेहरुका कुरा पत्याउने सामाजिक माहोल भएको अवस्था कम्यूनिष्ट पार्टीहरुले समेत पुरातन विश्वासमा चलिरहेको टिप्पणी गरे ।
नेकपाका केन्द्रिय समिति सदस्य जिल्ला इन्चार्ज कलम सीको अध्यक्षतामा भएको कार्यक्रममा मध्य कर्णाली व्यूरो इन्चार्ज विवेक सी, अ.ने.म.संघ क्रान्तिकारीका केन्द्रीय सदस्य सभ्यता सी, अ.ने.म.संघ क्रान्तिकारीका संयोजक गमता सी, नेकपाका जिल्ला समिति सदस्य उदय सीकाे उपस्थिति थियो ।
कार्यक्रमको सन्चालन जिल्ला सेक्रेटरी प्रकाश सीले गरेका थिए ।