इजरायलको घटनालाई लिएर बिरोध प्रदर्शन हुँदै

२०८० आश्विन २१ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आज इजरायलको घटनालाई लिएर काठमाडौँमा बिरोध प्रदर्शन गर्ने भएको छ। इजरायलमा हमासले गरेको आक्रमणमा परी ९ जना नेपाली घाइते भएको र उनीहरु बंकर मुनि छिरेर ज्यान जोगाइरहेका समाचार सार्वजनिक भएको छ ।
यसै बिषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टीले आज अपरान्ह ३ . ३० बजे काठमाडौँको शान्तिवाटिकामा बिरोध प्रदर्शन गर्ने लागेको बताइएको छ।

नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज शिलु सीका अनुसार युवा विधार्थीलाई विदेश पठाउन रोक्न र इजरायलको घटनालाई लिएर उक्त बिरोध कार्यक्रम हुन् लागेको हो ।
नेकपा उपत्यका व्युरो र संयुक्त जवसकाे आयाेजनामा हुने उक्त विराेध प्रदर्शनमा युवा , बिद्यार्थी , पत्रकार , बुद्धिजीवीलागायत आमस्वाभिमानी जनतालाई सहभागी हुन् नेकपाले आग्रह समेत गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]