‘नेपाली विशेषताकाे समाजवाद चाहिन्छ ‘

२०८० आश्विन २१ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा स्कुलिङ विभाग प्रमुख भेषराज सीले नेपालमा सुहाउँदो विशेषताकाे समाजवादी माेडेल हुनु पर्ने बताएका छन ।नेपाल कम्युनिस्ट पार्टी पुर्वी नारायणी ब्यूरोद्वारा आयोजित ‘वर्तमान परिस्थिति र नेपाली विशेषताकाे समाजवाद’ अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
नेकपा पुर्वी नारायणी ब्यूरो इन्चार्ज रक्तिम सीको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रमका अतिथिहरूमा अखिल (क्रान्तिकारी) सचिवालय सदस्य तारा सी, युवा संगठन नेपाल नारायणी ब्युरो इन्चार्ज विवेक सी, नेकपा एकीकृत समाजमावादीका बालगाेपाल थापा, पूर्व प्रदेश संसद पस्मिना कादरी तथा बारा पर्सा राैतहटका जिल्ला इन्चार्ज सेक्रेटरी विनाेद सी, शिवसंकर सी, फिराेज सी, जिज्ञाशु सी, एन. बी. सी थिए ।
उक्त अन्तरक्रियामा बाल गाेपाल थापा, पस्मिना कादरी, पत्रकार सुदर्शनराज पाण्डे, तारा सी र बारा, पर्सा, राैतहटका बुद्धिजीवी, सर्वसाधारण, किसान, कर्मचारी, मजदुरले, टिप्पणीमुलक आफ्नाे धारणा राखेका थिए भने बारा सेक्रेटरी जिज्ञाशु सीले गैरीखेत फाल्नु पर्छ भन्ने शिर्षकमा कविता वाचन गरेर कार्यक्रमलाई राेचक बनाएका थिए ।
अन्तरक्रियाका वक्ताले नेपाली विशेषताकाे समाजवाद सहि र यथार्थपरक रहेकाेमा जाेड दिएका थिए ।
उक्त कार्यक्रममा बारा डि वानका सेक्रेटरी एन. बी. सीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन पर्सा इन्चार्ज विनोद सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]