इजरायलमा मारिएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८० आश्विन २३ गते, मंगलवार
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको सम्मानमा आज राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । बैठकले मंगलबार देशभरका सबै सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
यस्तै, सरकारले मृतकका परिवारलाई जनहि १० लाख रूपैंयाका दरले राहत दिने निर्णय पनि गरेको छ । बैठकपछि संचारमन्त्री रेखा शर्माले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको जानकारी दिईन । शनिबार प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणमा परी १० जना नेपालीको इजरायलमा मृत्यु भएको थियो ।