नेकपा उपत्यका व्युरोद्वारा ‘सी’ स्मृति दिवसको अवसरमा बृक्षारोपण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, उपत्यका व्युरोले बृक्षारोपण गरेर सी स्मृति दिवस मनाएको छ । दिवंगत आफन्तहरुको सम्झनामा नेकपा उपत्यका व्युरोले काठमाडौंको बानेश्वर बहुमुखि क्याम्पस, शान्तिनरमा बृक्षारोपण गरेर सी स्मृति दिवस मनाएको हो । क्याम्पस हाताभित्र १० वटा फलफूलका विरुवाहरु रोपेर नेकपाले सी स्मृति दिवस मनाएको हो । बृक्षारोपण कार्यक्रममा नेकपा केन्द्रीय सदस्य भृकुटी सीको प्रमुख आतिथ्यता रहेको थियो । उनले बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाले सुरु गरेको सी संस्कृतिलाई विस्तार गर्दै जनस्तरमा लौजानुपर्ने बताइन् ।
नेकपाले रुदाक्ष, एबोकार्डो, सुन्तला, कागती, अम्बा लगायतका विरुवाहरु रोपेको थियो । बृक्षारोपण कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सी, जनगणतान्त्रिक सम्पर्क मञ्चका संयोजक रत्न सी, नेकपा काठमाडौं जिल्ला नम्बर १ का सेक्रेटरी दिपक सी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन अखिल क्रान्तिकारी उपत्यका व्युरो इन्चार्ज लोकेन्द्र सीले संचालन गरेका थिए ।
यता, नेपाल कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला नम्बर तीनले बृक्षारोपण गरेर सी स्मृति दिवस मनाएको छ । दिवंगत आफन्तहरुको सम्झनामा नेकपा काठमाडौं जिल्ला नम्बर तीनले त्रिभूवन पार्कमा बृक्षारोपण गरेर सी स्मृति दिवस मनाएको हो । पार्क हाताभित्र १० वटा फलफूलका विरुवाहरु रोपेर नेकपाले सी स्मृति दिवस मनाएको हो । बृक्षारोपण कार्यक्रममा जिल्जा इन्चार्ज डिआर सीीको प्रमुख आतिथ्यता रहेको थियो । उनले बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला नम्बर तीन इन्चार्ज डिआर सीले सी सहिद पार्कमा बृक्षारोपण गरेर सहिदलाई सम्झिदै सी स्मृति दिवस मनाएको बताए ।
नेकपाले रुदाक्ष, एबोकार्डो, सुन्तला, कागती, अम्बा लगायतका विरुवाहरु रोपेको थियो । जिल्ला सेक्रेटरी दिव्य सीले कार्यक्रम संचालन गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशनबाट असोज २५ गते सी संस्कृतिको रुपमा सी स्मृति दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नेकपाले देशभर पहिलो सी स्मृति दिवस मनाएको हो ।
नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशनबाट असोज २५ गते सी संस्कृतिको रुपमा सी स्मृति दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नेकपाले देशभर पहिलो सी स्मृति दिवस मनाएको हो । -शोभराज बराल