क्रान्तिकारीहरुबीच एकता आवश्यक

२०८० आश्विन २६ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इञ्चार्ज सम्झना सीले देशमा क्रान्तिकारीहरुबीच एकता आवश्यक रहेको बताएकी छन् । पार्टी पूर्वी दाङले बिहीबार आयोजना गरेको मृतक आफन्तहरुको स्मृति दिवसको अवसरमा आयोजित स्मृतिसभा कार्यक्रममा बोल्दै इञ्चार्ज सम्झना सी ले सो कुरा बताएकी हुन् । नेता सम्झना सीले देशमा परिवर्तनको आवश्यकता रहेको भन्दै कम्युनिस्टहरु र जनयुद्धबाट आएका योद्धाहरुको एकता र सहकार्यबाट मात्रै परिवर्तनको सम्भव भएको बताइन् । हामी सबै कम्युनिस्ट र क्रान्तिकारीहरु आफ्नो पार्टी भन्दामाथि उठेर सोच्ने बेला आएको छ´ उनले भनिन् त्यो सोच्न र माथि उठ्नका लागि एकचोटि फेरि सबैले हिम्मत गर्नुपर्ने छ । यो देशलाई नयाँ ठाउँमा पुर्‍याउनका लागि र वैज्ञानिक समाजवादी व्यवस्था ल्यानको लागि फेरि कम्युनिस्ट, क्रान्तिकारी र बलिदान गरेकाका मानिसहरुको एकता आवश्यक छ ।´
नेता सम्झना सी ले समाजवादी व्यवस्था स्थापना गर्नका लागि समाजवादी मोर्चा बनाएर आफूहरु अगाडि बढिरहेको र समाजवादी व्यवस्थाको परिकल्पना हिजोको जनयुद्धले गरेको समेत जोड दिइन् ।
नेता सम्झना सी ले समाजमा हुने जन्म, विवाह र मृत्यु संस्कारको नाममा अनेक किसिमका खर्चिलो र भड्किलो भइरहेको र त्यसलाई सहज र सजिलो बनाउनुपर्ने भन्दै त्यो संस्कारलाई सजिलो बनाउन वैज्ञानिक तरिका र पार्टीको सी संस्कार अनुसार मात्र सम्भव भएको हुँदा अब प्रत्येक वर्षको असोज २५ गते सी संस्कार अनुसार मृतकका आफन्तहरुलाई सम्झिने समेत बताइन् ।
पार्टीको नवौं महाधिवेशनले सी संस्कारको स्थापना गरेको भन्दै समाजको पुरानो रुढीवादी संस्कार र चिन्तन भन्दा माथि उठेर एकअर्कालाई सम्मान गरेर साथ र सहयोग गर्दै समाज रुपान्तरणमा अगाडि बढ्नुपर्ने र आफ्नो पार्टीको सी संस्कार अवलम्बन गरेर जोकोहीले जन्म, विवाह र मृत्यु संस्कारलाई सजिलो बनाउ सक्ने नेता सम्झनाको भनाइ थियो ।

सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी श्याम विक, श्याम नेपाली, राजेश हमाल नेपाली, प्रेम विक, कृष्ण विक लगायत नेकपामा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इञ्चार्ज सम्झना सीले उनीहरूलाई टीका लगाएर पार्टी स्वागत गरेकी थिइन् । पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका देउखुरी जिल्ला इन्चार्ज बिक्रम सी, पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सी, पार्टी पूर्वी दाङका सल्लाहकारद्वय मंगल सी र नवराज सी, जनयुद्धका घाइते तथा समाजसेवी बिहानी चौधरी लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रमको सहजीकरण पार्टी पूर्वी दाङका सचिवालय सदस्य चुलुवा सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]