वर्तमान राजनीतिक संकटको समाधान एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद

२०८० आश्विन २६ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य सन्देश सी ले वर्तमान राजनीतिक संकटको समाधान एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादबाट मात्र सम्भव रहेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी चितवन पश्चिम् जिल्ला अन्तरगत भरतपुर ईलाका समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता सन्देश सी ले सरकारी तथा गैरसरकारी क्षेत्रमा भएको भ्रष्टाचार, वैदेशिक ठगी , वित्तीय संस्था र बैकहरुको चर्को ब्याजदर र लुट,मिटरव्याजी, लघुवित्त सस्था र खराब नियतवस संचालन गरिएका ठुला स्तरका सहकारीहरुको ठगी, महंगी, बेरोजगारी, कालोबजारी, सामाजिक असुरक्षा, कु–शासन जस्ता तमाम समस्याका कारण उद्योगी, व्यवसायी, इमानदार कर्मचारी र जनताको जीवन चिन्ताजनक र संकटग्रस्त बन्दै गएको अवस्थामा यो संकटको समाधान दलाल पुजीवादी सत्ता, संसदवादी पार्टी र यिनका नेताहरुबाट सम्भव नभएको भन्दै यो सबै संकटको समाधान एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादबाट मात्र सम्भव रहेको बताएका हुन् ।
उनले अहिले देश भूमण्डलिकृत पुँजीवाद, साम्राज्यवादी हस्तक्षेप र उदार अर्थतन्त्रको चङ्गुलमा फस्दै गएको भन्दै त्यसलाई मुक्त गर्न नेकपाले संघर्ष गरिरहेको बताए । साथै, भूमण्डलिकृत पुँजीवाद र साम्राज्यवादका कारण राजनीतिक हिसाबले देशभक्त कम्युनिस्ट, समाजवादीहरु सत्ताको किनारामा र पुजीवादी, विदेशी आडभरोसमा नियतवस आएका शक्तिहरु सत्ताको केन्द्रतिर पुगिरहेले देश संकटमा परेको उनको भनाई थियो ।
आर्थिक हिसाबले उद्योगी, राष्ट्रिय पुँजीपति, नयाँ श्रमिक वर्गहरुको जीवन धारासायी बन्दै गएको र दलाल,सत्ता र शक्तिलाई परिचालन गरि नाफा कुम्ल्याउने मुठ्ठिभर लुटेराहरुसँग मात्र अर्थतन्त्रको चाबी पुगेको जिकिर गरे । संसदवादी पार्टीहरु यो समस्याको हल गर्ने तिर भन्दापनि शक्ति केन्द्रसँग लम्पसार परेर आत्मसमर्पण गरिरहेको समेत बताए ।
यसैगरी, नेता सन्देश सी ले मानव जातिको हित विपरितका चाडपर्वलाइ छोड्दै नयाँ सस्कृतिको निर्माण गर्नुपर्ने बताए । उनले नजिक आइरहेको विभिन्न चाडपर्व, वर्तमान राजनीतिक संकट र यसको निकास, पार्टीले अगाडि सारेको सी सस्कृति, राष्ट्रघाती एमसीसी परियोजना, पार्टीले लिएको उत्पादनको नीति लगायतका विषयमा धारणा राख्दै सन्देशले विज्ञान र मानवजातिको हितमा रहेको संस्कार र सस्कृतिको रक्षा र मानव जातिको हितमा नरहेको चाडपर्वलाई बिस्तारै छोड्दै नयाँ सस्कृतिको निर्माण गर्नुपर्ने बताएका हुन् ।
स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति भएको कार्यक्रममा सबै सस्थाको प्रतिनिधिहरुले यो व्यवस्थाले जनताको सेवा नगरेको र राष्ट्रिय संकटको बेलामा सबै स्थानीय राजनीतिक पार्टीहरु एक ठाउँमा आउनुपर्ने भन्दै नेकपाले आयोजना गरेको कार्यक्रम यसको सुरुवात भएको बताएका थिए । इलाका इन्चार्ज तिलकुमार सीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो समितिका सदस्य तथा केन्द्रीय उत्पादन बिभागका माडी शाखा इन्चार्ज सन्देश सी रहेका थिए ।
त्यस्तै अतिथिहरुमा पश्चिम जिल्ला इन्चार्ज दिनेश सी, सेक्रेटरी अटल सी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायत स्थानीय नेताहरु रहेका थिए । साथै, विभिन्न संघसस्थाका प्रतिनिधि, जेष्ठ नागरिक मन्च, सुरक्षा निकायका इलाका प्रमुख र स्थानीय पत्रकारको समेत अतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन इलाका सेक्रेटरी हिमाल सीले गरेको थिए भने स्वागत मन्तव्य जिल्ला सदस्य राम सीले राखेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु