इजरायलबाट थप १९ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले इजरायलबाट थप १९ जना नेपालीको उद्धार गरेको छ । उनीहरुलाई मंगलबार भारतीय विमानमार्फत उद्धार गरिएको हो । परराष्ट्रमन्त्रालयका अनुसार इजरायलको तेल अभिवबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको हो ।मन्त्रालयले स्थानीय समय अनुसार तेल अभिवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ । उनीहरु मंगलबार बेलुकी ६–७ बजेसम्म भारतको नयाँ दिल्ली आइपुग्ने छन् ।
उद्धार गरिएका १९ नेपालीमा नन्दसिंह भुल,सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल ममता थापा, दिलकुमारी अधिकारी कार्की , निश्चल श्रेष्ठ, समिता बस्नेत,अम्बिका सुवेदीसिरता गुरुङ र उर्मिला श्रेष्ठरहेका छन।
गत हप्ताको शनिवार हमासले एक्कासी इजरायलमाथि आक्रमण गरेको थियो । जसमा १३ सय इजरायली नागरिकको मृत्यु भएको थियो । हमासमाथि इजरायली सेनाले जवाफी कारवाही गर्दा २७ सय प्यालेस्टायनी नागरिकको मृत्यु भएको छ । इजरायली सेना र हमासबीचको युद्ध जारी छ ।