नेकपाद्धारा टिपुरी बमको निधनप्रति दुख व्यक्त

२०८० कार्तिक २ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले कालिकोट जिल्लाको शान्नित्रिवेणी गाउँपालिका वडा नम्वर ५ डाँडाखेत निवासी टिपुरी बमको ७५ बर्षको उमेरमा असामयिक निधन भएको खबरले पार्टी निकै मर्मायित भएको बताएको छ । सो पार्तोका महासचिव विप्लव सीले विहिवार एक शोक वक्तव्य जारी गरी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य बिन्द सीको ममतामय आमा बमको यही मिति २०८० साल असोज २९ गते असामयिक निधन भएको भन्दै पार्टी निकै मर्मायित भएको बताएका हुन
नेकपाले जनयुद्ध तथा एकीकृत जनक्रान्तिको क्रममा पार्टीलाई हरहमेसा साथ दिइरहनु हुने आमाको निधनले पार्टीलाई अपूर्णी क्षति पुगेको जनाएको छ । नेकपाले आमाको निधन प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपाले शोकमा रहेका घरपरिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारणको कामना समेत गरेको छ । पार्टीले आमाले क्रान्तिमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान व्यक्त गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु