राष्ट्रसंघका अधिकारीको साथबाट हतियार बरामद

काठमाडौँ । नेपाल आएका संयुक्त राष्ट्रसंघका एक जना कर्मचारीको साथबाट पेस्तोल, म्याग्जिन र गोली बरामद भएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको पूर्वसन्ध्यामा शुक्रबार एअर इण्डियाको उडान नम्बर एआई २११ बाट राति नौ बजे नेपाल आएका राष्ट्रसंघका महासचिवको टेलीकॉम मार्को आइजेभिकको साथबाट बेरोटो पेस्तोल, दुई थान माग्जिन र ४५ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
मार्को राष्ट्रसंघीय सेफ्टी एण्ड सेक्युरिटी डिपार्टमेन्टको तर्फबाट काठमाडौं आएका हुन्। सोही विभागको तालिममा सहभागी हुने आउने क्रममा उनले हतियारसमेत लिएर आएका थिए। ती हतियार पुल्चोकमा रहेको राष्ट्र संघको कार्यालयमा बुझाउने गरी भन्सार कार्यालयमा राखिएको छ। हतियार भन्सारको जिम्मा लगाएपछि मार्केलाई भने छोडिएको छ।