राष्ट्रसंघका महासचिव गुटेरेस संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्ने
२०८० कार्तिक १४ गते, मंगलवार
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन् । गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ । बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ । उनको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।
संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्नेछ । बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।