संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
२०८० कार्तिक १६ गते, बिहीबार
काठमाडौँ । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको बताइएको छ । संघीय संसदका दुवै सदनको बैठक बिहीबारका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १ बजे बस्दै छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्ने संवैधानिक प्रावधान छ ।