नेकपाद्धारा भूकम्प प्रभावितको उद्धार,राहत र सहयोग कार्य जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको राहत वितरण तथा उद्धार टिमले भूकम्पले प्रभावित रुकुम पश्चिममा निरन्तर उद्धार, राहत र सहयोगको काम गरिरहेको छ । नेकपाका पिविएम असल सी र नेकपाका राप्ति व्यूरो इन्चार्ज सविन सीको प्रत्यक्ष कमाण्डमा दर्जनौ नेता कार्यकर्ताहरु उद्धार,राहत र सहयोग अभियानमा लागेको राप्ति व्यूरो इन्चार्ज सविन सीले जानकारी दिएका छन ।
राहत तथा उद्धार टोलीले आईतबार र सोमबार घेत्मा,भल्मा,बाँके जिउला,छेपारे,नगर अस्पताल आठविसकोट,सिम्लीमा राहत तथा उद्धारको काम गरेको छ । यो टोलीले भूकम्पबाट मृत्यु भएकाहरुको सामुहिक दाहसंस्कारको काममा समेत सहभागी भएको छ । राहत तथा उद्धार टोलीले भूकम्प पीडितहरुको लागि टेन्ट,त्रिपाल, लत्ता कपडा तथा खाद्ययनको अभाव भएको बताएको छ । टोलीले आफ्नो तर्फबाट हुने जति उपलब्ध गराएपनि अझै पुर्ती हुन नसकेकाले सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।