नेकपा दैलेखद्धारा भूकम्प पीडितका राहत संकलन

२०८० कार्तिक २२ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी दैलेखले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत संकलन गरेको छ । नेकपा दैलेखका इन्चार्ज कलम सीले भूकम्प पीडितका लागि नेकपा दैलेखले आईतवार देखि सहयोग अभियान संचलान गर्दा मंगलबार सम्म ३० हजार ५ सय ६४ नगद, २ पेटी चाउचाउ, १ पेटी विस्कुट र ६ जोड न्यानो कपडा संकलन भएको जानकारी दिएका छन ।
व्यवासायीहरुले संकलन भएको राहत पीडितहरुको हात सम्म पुगोस् भन्ने आफ्नो सदिक्षा रहेको र त्यो नेकपाले पुर्याउनेमा आफूहरु विश्वस्त रहेको बताएका छन । व्यवसायीहरुले विपदको वेला पीडितहरुलाई सहयोग गर्न पाउनु गौरबको विषय भएको बताएका छन । नेकपाले मंगलबार सम्म सदरमुकाम दैलेख बजारमा राहत संकलनको काम सकेको र वुधवारबाट दुल्लुवजारमा संकलन गर्ने पनि जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]