चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी छुङछेङ नेपाल आउँदै
२०८० कार्तिक २२ गते, बुधबार
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनले आज दिउँसो उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेट्ने कार्यक्रम छ भने भोलि बिहीबार बिहान ८ बजे प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने कार्यतालिका छ । सोही दिन बिहान ११ बजे उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग पनि भेटवार्ता गर्दै छन् । यी भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान-प्रदानका विषयमा केन्द्रित हुने छन् ।