रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

२०८० कार्तिक २३ गते, बिहीबार


काठमाडौँ । आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ । सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो । चौधरीलाई माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी हुन् । कडायत टीकापुरमा मारिएकामध्ये प्रहरी अधिकृत केशव बोहराकी श्रीमती हुन् ।
कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ दुधे बालकको ज्यान लिने गरी भएको हत्याकाण्डमा मुख्य दोषी ठहर भएका रेशम चौधरीलाई जिल्लादेखि सर्वोच्च अदालतसम्मैले जन्मकैद सजाय तोकेका थिए । तर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई गत जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर कैद माफ गरिदिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]