सामाजिक सदभाव र पारिवारिक एकता कायम राख्न टिकटक बन्द

२०८० कार्तिक २८ गते, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सामाजिक सदभाव र पारिवारिक एकता खलल हुनबाट बचाउन टिकटकमा प्रतिबन्ध लगाउनुपरेको बताएका छन् । नेपाल संवत् ११४४ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले समाजमा विसंगति, विकृति, अराजकता फैलाउने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एकठाउँमा उभिएर यो निर्णय गरिएको बताए । उनले अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लोकतान्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको अध्ययन गरेर टिकटक बन्द गरेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]