आज नेकपा पूनर्गठन दिवस : देशव्यापीरुपमा बिभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौँ । आज मंसिर ८ गते नेपाल कम्युनिष्ट पार्टीको पूनर्गगठन दिवस । नेपाल कम्युनिष्ट पार्टीले पूनर्गठन दिवसका अवसरमा आज देशभर विचार गोष्ठी,अन्तरक्रिया,जनसभा,दिपावली लगायतका विभिन्न कार्यक्रम गरी मनाउदैछ । सो पार्टीले आज पार्टी पूनर्गठन दिवसको अवसरमा देशव्यापीरुपमा विचार गोष्ठी,अन्तरक्रिया,जनसभा गर्ने र साँझ दिपावली गरी उत्सवका रुपमा मनाउन लागेको छ भने नेकपाका नेता कार्यकर्ताहरु आपसमा खुसी साँटा साट गर्दै शुभकामना आदान प्रदान गरेर पार्टी पूनर्गठन दिवस मनाउदै छन ।
यसैबीच, नेकपाले पार्टी पूनर्गठन दिवसका अवसरमा आज जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङमा विशाल जनसभाको आयोजना गरेको छ । सो जनसभालाई पार्टीका महासचिव विप्लव सीले सम्बोधन गर्ने छन। सो जनसभामा सहभागी हुन नेकपाका स्थायी समिति सदस्य सन्तोस सी र अनिल सी समेत रोल्पा पुगेका छन ।
यसैगरी, पार्टी पूनर्गठन दिवसको अवसरमा मंसिर ६ गते कालिकोटको मान्ममा आयोजित जनसभालाई सम्बोधन गर्न गृह जिल्ला कालिकोट पुगेका नेकपाका प्रवक्ता प्रकाण्ड सी जनयुद्धको आधारभूमीे माल्कोट पुगेका छन । माल्कोटमा आज पार्टी पूनर्गठन दिवसको भेटघाट तथा खुसी तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुदैछन ।
यसैगरी, नेकपाका स्थायी समिति सदस्य शिलु सी पार्टी पूनर्गठन दिवसका अवसरमा विद्यार्थी तथा मजदुर संगठनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी हुदैछन भने नेकपाका स्थायी समिति सदस्य भरत सी पार्टी पूनर्गठन दिवसको अवसरमा कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाको रतिपुरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न कैलाली पुगेका छन । नेकपा कैलाली जिल्लाले जनसभा तथा भेटघाटसंगै खिर खाएर रमाईलो गरी शुभकामना आदान प्रदान गरेर पार्टी पूनर्गठन दिवस मनाउन लागेको जिल्ला इन्चार्ज प्रकाश सीले जानकारी दिएका छन ।
यसैगरी, नेकपाका स्थायी समिति सदस्य शुशिल सी पार्टी पूनर्गठन दिवसको अवसरमा हुम्ला जिल्लामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न हुम्ला पुगेका छन ।