नेकपाद्वारा पुराना कम्युनिस्ट नेतालाई सम्मान

२०८० मंसिर ८ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले १० औ पार्टी पूनर्गठन दिवसको अवसरमा देशब्यापीरुपमा पुराना कम्युनिस्ट नेताहरुलाई सम्मान गरेको छ । यसैक्रममा नेकपा काठमाडौं जिल्ला नम्बर १ ले पुराना कम्युनिस्ट नेताहरुलाई सम्मान गरेको छ । बिहीबार काठमाडौंको रानीवारीस्थित पार्टी व्युरो कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पुराना कम्युनिस्ट नेता प्रशुराम घिमिरेलाई सम्मान गरिएको हो । नेकपा पोलिटब्युरो सदस्य माइला सीले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । २०३६ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध भएका उनी नेकपा काठमाडौं जिल्ला समितिका सल्लाहकारसमेत छन् । सम्मान पछि उनले नेपाल कम्युनिस्ट पार्टीलाई क्रान्तिमा निरन्तर लागिरहन सल्लाह दिएका थिए । साथै उनले समाजवादी मोर्चामा आवद्ध भएकोमा बधाई दिदै संसोधनवादमा लिएर सिध्याउन षड्यन्त्रसमेत हुने भएकाले सचेत रहन आग्रहसमेत गरे ।


त्यस्तै, काठमाडौंको बसपार्कमा आयोजिक अर्को कार्यक्रममा पुराना कम्युनिस्ट नेता बेदुराम भूसाललाई समेत सम्मान गरिएको छ । उनी नेकपा काठमाडौं जिल्ला समितिका सल्लाहकारसमेत हुन् । उनलाई पनि माइला सीले दोसल्ला ओडाएर सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट पार्टीहरु क्रान्तिबाट भाग्ने पुरानो रोग जिवित भएको बताउँदै त्यसबाट जोगिन नेतृत्वलाई सल्लाह दिएका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका माइला सीले सम्मान गर्नुको औचित्यबारे प्रस्त पारेका थिए । नेकपाले पार्टी स्थापना दिवसको अवसरमा साताव्यापी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सोही अवसरमा बिहीबार पुराना कम्युनिस्ट नेताहरुलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा माइला सीसहित नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ इन्चार्ज भृकुटी सी, जिल्ला सेक्रेटरी दीपक सी, नेकपा प्रतिनिधि समिति सदस्य गोपाल सी तथा युवा संगठन नेपाल, उपत्यका व्युरो संयोजक अनिल सीको उपस्थिति रहेको थियो ।


यसैगरी, नेपाल कम्युनिष्ट पार्टी काठमाडौं ३ नम्वर जिल्लाले पाका कम्युनिष्ट नेता झपेन्द्रराज बैद्यलाई सम्मान गरेको छ । काठमाडौमा आयोजना गरिएको सम्मान कार्यक्रममा उपत्यका व्यूरो इन्चार्ज कृति सीले पाका कम्युनिष्ट नेता झपेन्द्रराज बैद्यलाई सम्मान गरेका हुन । उनले वैद्यलाई दोसल्लाह ओढाएर सम्मानपत्र हस्तान्तरण गरी सम्मान गरेका थिए । सम्मानपछि व्यूरो इन्चार्ज कृतिले नेपाली कम्युनिष्ट आन्दोलनमा झपेन्द्रको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै अझै पनि क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका रहने बताए ।
नेता कृतिले नेकपा विभाजन भएर पूनर्गठन नभएको भए नेपालमा क्रान्तिकारी विचार सहितको पार्टी सकिने अवस्था आउने थियो भने ।
सम्मानीत हुने पाका तथा कम्युनिष्ट नेता वैद्यले नेपाली जनताको चाहाना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मात्र पुरा गर्न सक्ने बताए ।
उनले नेपालमा दलाल संसदीय व्यवस्था फेल भइसकेको ठोकुवा गर्दै समाजवाद अनिवार्य भएको तर्क गरे । कम्युनिष्ट आन्दोलनमा पुर्याउको योगदानको पार्टीले कदर गर्दै सम्मान गरेकोमा उनले पार्टीलाई धन्यवाद समेत दिए ।
पाका कम्युनिष्ट नेता वैद्यले सो अवसरमा नेकपाको कपिलवस्तुको शिवगढीमा रहेको पुस्तकालयको लागि केही थान किताव पनि हस्तान्तरण गरे । सम्मान कार्यक्रममा ३ नम्वर जिल्ला काठमाडौंका इन्चार्ज डिआर सी,दिव्य सी लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
//


यता, नेपाल कम्युनिष्ट पार्टी ललितपुर जिल्लाले ३ जना पुराना कम्युनिष्ट आन्दोलनका पाका नेतालाई सम्मान गरेको छ । नेपाल कम्युुनिष्ट पार्टीको १० औं पार्टी पूनर्गठन दिवसका अवसरमा आज ललितपुरमा उनीहरुको निवासमै पुगेर सम्मान कार्यक्रममको आयोजना गरी ३ जना पुराना कम्युनिष्ट आन्दोलनका पाका नेतालाई नेकपाले सम्मान गरेको हो । सम्मानीत हुनेहरुमा पाका कम्युनिष्ट नेता सिद्धिलाल सिंह, कम्युनिष्ट पार्टी स्थापनाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यका भाई हरिबहादुर कर्माचार्य र चन्द्रमान श्रेष्ठ रहेका छन । उनीहरु तीनै जनालाई नेकपा ललितपुरका जिल्ला इन्चार्ज विपिन सीले दोसल्लाह ओढाएर सम्मानपत्र हस्तान्तरण गरी सम्मान गरेका थिए ।
सिद्धिलाल सिंह माले कालमा पाटनबाट उदाएका स्थापित नेता हुन् । माले–एमाले धारामा उनको राष्ट्रवादी छवि अहिले पनि सबैले सम्झने गर्दछ्न् । अर्का नेता हरिबहादुर कर्माचार्य नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यका भाइ हुन । उनले एकता– केन्द्र हुँदै नेकपा(माओवादी )मा आवद्ध भएर महत्वपूर्ण भूमिका खेलेका छन ।
अर्का चन्द्रमान श्रेष्ठ ३६ सालदेखि कम्युनिस्ट पार्टीमा आवद्ध हुँदै कम्युनिष्ट आन्दोलनमा योगदान दिएका छन । उनी हाल विप्लव सीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको ललितपुर जिल्ला सल्लाहकारको भूमिकामा रही पार्टी र क्रान्तिमा योगदान दिईरहेका छन ।
सम्मान पछि नेकपाका केन्द्रीय सदस्य एवम् ललितपुर जिल्ला इन्चार्ज विपिन सीले कम्युनिस्ट आन्दोलनको वृद्धि÷ विकासमा खेलेको भूमिका प्रेरणादायी भएको बताए ।
उनले पुराना पाका नेताहरु सिङ्गो कम्युनिस्ट आन्दोलनको पुँजी भएको भन्दै सम्मान गरेको बताए । सम्मानीत हुने नेताहरुले कम्युनिस्ट आन्दोलनका धेरैजसो पुराना नेताहरु भ्रष्टिकृत भएको आरोप लगाए । उनीहरुले कम्युनिष्ट आन्दोलनमा अब एउटा आशाको दियो विप्लव देखिएको भन्दै एक पटक सबैले साथ दिनु पर्ने विचार राखे । उनीहरुले विप्लवको नेतृत्वमा अहिलेको दलाल पुँजीवादी व्यवस्था पल्टाएर जनताको व्यवस्था बैज्ञानिक समाजवाद अथवा नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्ने पनि बताए ।
पाका नेताहरुको सम्मानका लागि नेकपा ललितपुर जिल्ला इन्चार्ज विपिन, सचिव विकास सी लगायतकानेता,कार्यकर्ताहरुको टोली पाका कम्युष्निट नेताहरुको घरमै पुगेका थिए ।


यता, नेकपा मेची ब्युरो अन्तर्गतका जिल्लाहरुले पुराना तथा कम्युनिस्ट आन्दोलनका व्यक्तित्वहरुलाई विभिन्न कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । नेकपा पश्चिम झापाले दमक नगरपालिका वडा नं. २ मा बस्ने अग्रज कम्युनिस्ट योद्धा गणेश बहादुर पौडेललाई सम्मान प्रदान गरेको छ । झापा आन्दोलन हुँदै निरन्तर क्रान्तिकारी आन्दोलनको कित्तामा उभिदै आउनुभएका ७० वर्षिय गणेश बहादुरलाई पार्टीले खादा ओढाएर सम्मान गरेको हो । पौडेल हाल नेपाल कम्युनिस्ट पार्टीकै सदस्य रहनु भएको छ भने सिंगो परिवार आन्दोलनमै छन् ।
त्यसैगरी नेकपा इलामले इलाम नगरपालिका वडा नं. ४ बस्ने सुर्य बहादुर लिम्बु र माइ नगरपालिका वडा नं. ३ बस्ने खेम बहादुर आचार्यलाई सम्मान प्रदान गरेको छ ।
नेकपाद्वारा सम्मान गरिएका सबै अग्रज व्यक्तित्वहरुले पन्चायत विरुद्धको आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । साथै झापा विद्रोहदेखि १० वर्षे जनयुद्धमा समेत उहाँहरुले अथक संघर्ष गरेको इतिहास जिवित छ ।
कम्युनिस्ट पार्टीको विचारलाई थप जनप्रीय बनाउन र नयाँ पुस्तालाई कम्युनिस्ट आदर्शप्रति आकर्षित गर्न अहिले पनि उहाँहरु सक्रिय रुपमा लागिरहेका छन ।
नेकपा पश्चिम झापाले सम्मान प्रदान गरेको अग्रज कम्युनिस्ट व्यक्तित्व गणेश बहादुर पौडेल भन्छन – “श्रमजीवी जनताको हितमा काम गर्ने हैसियत केबल कम्युनिस्टको मात्रै हुन्छ।” उनले पार्टी पङ्तीलाई निस्वार्थ रुपमा श्रमजीवी वर्गको लागि काम गर्न सुझाव समेत दिए ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी सम्पर्क साधारण शाखाले पार्टीको १० औँ पार्टी पुनर्गठन दिवसका अवसरमा केन्द्रिय कार्यक्रम अनुसार पुराना कम्युनिस्ट आन्दोलनका धरोहरहरुलाई सम्मान गरेको छ । पूर्व सभासद तथा जनअधिकार नेपालका केन्द्रिय सदस्य तथा अविभावक सङ्घका अध्यक्ष वङ्छे शेर्पा र उहाँकी जिवन सङ्गिनीलाई उहाँकै निवास नारायणटारमा सम्पर्क साधारण शाखाले दोसल्ला ओढाइ सम्मान गरेको हो ।


सम्मान कार्यक्रममा संगठनका सेक्रेटरी अनिल सी, महासचिव सुशील सी, काठमाडौं ५ नम्बरका सेक्रेटरी ध्रुव सी, कोषाध्यक्ष प्रमेश्वर सी, बिष्णु सी, प्रमिला सी लगायतको उपस्थिति रहेको थियोे ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले पुराना कम्युनिस्ट नेता नवीन बिस्टलाई सम्मान गरेको छ । बिहीबार भक्तपुरको कौशलटार स्थित पार्टी जिल्ला कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पुराना कम्युनिस्ट नेता नवीन बिस्टलाई सम्मान गरिएको हो । नेकपा केन्द्रीय सदस्य अखिल सी, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव कुशल सीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति शुरु गरेका बिस्ट रुपलालले नेतित्व गरेका थाहा आन्दोलनका सेक्रेटरीकाे भुमिका निर्वाह गरि सकेका पूरा कम्युनिस्ट नेता हुन् । हाल नेपा कम्युनिस्ट पार्टीमा आबद्ध भएका नेता बिस्ट उपत्यका ब्युरो अन्तरगतकाे स्वास्थ्य विभागका प्रमुखकाे जिम्मेवारीमा छन् ।
भक्तपुरको सिरुटारमा जन्मिएका विस्ट अहिले पनि उतिकै उर्जाका साथ आन्दोलनमा निरन्तर लागि रहेका छन । सम्मान पछि बिस्टले नेपाल कम्युनिस्ट क्रान्तिकारीहरु निरन्तर परिवर्तनकाे पक्षमा लागिरहनु पर्ने र लागिरहन सल्लाह दिएका थिए । साथै उनले पछिल्लो समयमा जनयुद्ध लगायतका आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने खतार वढेको भन्दै क्रान्तिकारीहरु चनाखो बन्नु पर्ने धाराण राखेका थिए ।
उक्त सम्मान कार्यक्रममा जिल्ला सेक्रेटरी रत्न सी, लगाए जिल्ला पार्टी सदस्यीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]