नेकपा जुम्लाद्वारा सुत्केरी महिलालाई फलफुल वितरण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी जुम्लाले सुत्केरी महिलाहरूलाई फलफुल वितरण गरेको छ । सो पार्टीले १० औं पार्टी पूनर्गगठन दिवसको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका सुत्केरी महिलाहरूलाई फलफुल वितरण गरेको हो । नेकपाका जुम्ला जिल्ला इन्चार्ज आक्रमण सी, सेक्रेटरी सफल सी र जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य कर्ण विश्वकर्मा लगायतको टोलिले अस्पतालमै पुगेर सुत्केरी महिला र नवशिशुहरुको स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरेको छ ।
इन्चार्ज आक्रमणले पार्टी पूनर्गठन दिवसको अवसरमा सुत्केरी महिला दिदीबहिनीहरूलाई पार्टीको तर्फबाट सानो भएपनि सहयोग गर्न पाउदा खुशी लागेको बताए ।
फलफुल वितरणका क्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुत्केरी महिलाले पार्टी पूनर्गठन दिवसको अवसरमा धन्यवाद दिदै शुभकामना दिएका थिए ।

यस्तै नेकपा जुम्लाले पार्टी पूनर्गठन दिवसको अवसरमा एक आपसमा शुभकामना आदानप्रदान पनि गरेका थिए । फलफुल वितरण पछि पार्टी कार्यालयमा पुगेको टिमले आपसमा अविर लगाएर शुभकामना आदानप्रदान सँगै चियापान गरेको नेकपा जुम्लाले जनाएको छ ।