‘दलाल पुँजीवादका कारण प्रतिगामीहरूको शीर ठाडो भयो’

‘
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य कृति सीले दलाल पुँजीवादका कारण प्रतिगामी तत्वहरूको शीर ठाडो भएको बताएका छन् । शुक्रबार नेकपा काठमाडौं जिल्ला नम्वर ३ द्वारा १०औ पार्टी पुनर्गठन दिवस तथा २३औं जनमुक्ती सेना दिवसको अवससमा आयोजित सार्वजनिक संस्थाहरुको सरसफाइ पछिको सभालाई सम्बोधन गर्दै कृति सीले दलाल पुँजीवादका कारण प्रतिगामीको शीर ठाडो भएको बताएका हुन् ।
दलाल पुजीवादी संसदीय व्यवस्थाले जनताको हितमा काम गर्न नसकेका कारण नेपालमा प्रतिगामी तत्वहरु सलबलाएको उनको भाई थियो । ‘दलाल पुँजीवादका कारण प्रतिगामी तत्वले शीर ठाडो पारिरहेको छ, जुन विभिन्न अभियानका नाममा उपलब्धीहरुलाई उल्टाउने कोसिस भइरहेको छ ।’, उनले भने, ‘जसरी सडकमा अराजक भिड जम्मा गरेर जुन विषयको वकालत गरिरहेका छन् त्यो भनेको फेरि २०४७ सालतिर फर्कनु हो । त्यो नेपालमा सम्भव छैन ।’
नेपालमा २०४७ साल फर्किन सम्भव नभएको भन्दै उनले त्यसका निकास समाजवाद भएको जिकिर गरे । ‘अब नेपालमा समाजवादको बिकल्प छैन, कसैले पछाडि फर्केर मरिसकेको व्यवस्थाको वकालत गरिरेको छ भने त्यसकाविरुद्ध एकताबद्ध भएर समाजवाद प्राप्तिको बाटोमा जानुपर्छ । त्यसको निर्बिकल्प नेतृत्व महासचिव विप्लवले नेतृत्व गरेको नेकपा हो ।’
जिल्ला अन्तरगतका विभिन्न चोक गल्ली लगायत सार्वजनिक सस्थाहरुको सरसफार्इ सश्चात खुल्ला सभाको आयोजना गरिएको थियो । सभाको अध्यक्षता काठमाडौं ३ नम्बर जिल्ला इन्चार्ज डीआर सीले गरेका थिए । कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष नम्बर ५ का वडाध्यक्ष राजेन्द्र महर्जन, नेकपा पश्चित तामसालिङ व्युरो सदस्य महेन्द्र सीको समेत उपस्थिति रहेको थियो ।
वडाध्यक्ष महर्जनले आफू वडाध्यक्ष भएपनि पुँजीवादका कारण काम गर्न नसकेको बताए । सभालाई सम्बोधन गर्दै उनले यो व्यवस्था रहेसम्म जस्तोसुकै व्यक्ति आएपनि जनताको काम गर्न नसकिने ठोकुवा गरे । उनले विप्लव नेतृत्वको नेकपाले लिएको बाटो सहि रहेको भन्दै क्रान्तिबाट विचलित नहुन नेताहरुलाई सुझाव दिएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि र सर्वसाधारण जनताको बाक्लो उपस्थिति रहेको थियो । -शोभराज बराल