सुखानीको मूल्यबिरुद्ध आँखा उठाउने दुश्साहस नगर्न चेतावनी

२०८० मंसिर ९ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टिका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले सुखानीको मूल्य बिरुद्ध आँखा उठाउने दुश्साहस नगर्न चेतावनी दिएका छन। नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले १० औं पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन्।
नेता सुमनसिंहले सुखानी लगायतका बलिदान र समाधी स्थलहरुलाइ लक्षित गरेर भत्काउनेसम्ममा अभिव्यक्ति दिने प्रतिगामि अराजक तत्वहरुलाइ चेतावनी दिंदै सुखानीको मूल्य बिरुद्ध आँखा उठाउने दुश्साहस नगर्न र यसो गरे घर घर छिरेर आँखा फुटाइदिने बताए ।
उनले अहिले दुर्गा प्रसाईंहरुको र अन्य यस्तै प्रवृति भएका भंडुवाहरुको चुरिफुरी बढेको र उनिहरु कम्युनिस्ट, महान बलिदान, अग्रजहरुका योगदान बिरुद्ध खुलेआम बोल्न थालेकोप्रति सो चेतावनी दिएका हुन् । उनले भने- ‘प्रतिगामीहरुको थान्कोमा नबसे एमाले, माओवादी वा अरु परिवर्तनको नाम भंजाएर बांचिरहेका जस्तो आफ्नो पार्टी चुप बस्न सकिदैन । एक चुट्किमा ठेगान लगाइन्छ । ‘

प्रतिक्रियाहरु

[anycomment]