‘ दलाल पुँजीवाद अन्त्यका लागि ढोका खुलिसकेको छ’

२०८० मंसिर १५ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले दलाल पुँजीवादको अन्त्य गर्न ढोका खुलिसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित चार जिल्लाको संयुक्त वैचारिक÷राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै कृतिले दलाल पुँजीवाद अन्त्यको ढोका खुलिसकेको बताएका हुन् । दलाल पुँजीवाद ढल्न लागेको भएपनि त्यसका लागि राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थिति तयार भइ नसकेको उनको भनाई थियो । ‘दलाल पुँजीवाद ढाल्नका लागि ढोका खुलिसकेको छ । तर परिस्थिति तयार भएको छैन ।’, उनले भने, ‘परिस्थिति तयार पार्न पार्टीले जनसम्बन्ध विस्तार अभियान चलाएको छ । त्यसका लागि जनस्तरमा संगठनहरु बलिया बनाउनुहोस् । सबै पार्टी सदस्यहरुलाई सक्रियतासाथ अभियानमा लाग्न प्रेरित गर्नुहोस् ।’
देश र विदेशका सबै घटनाक्रमलाई नियालेर आफ्नो पार्टी नेपाली विशेषताको समाजवादका लागि संघर्ष गरिरहेको उनको भनाई थियो । ‘हामीले नेपालमा दला पुँजीवादलाई परास्त पारेर नेपाली विशेषताको समाजवाद स्थापना गर्न संघर्ष गरिरहेका छौं । जनतालाई पनि यो संघर्षमा जोड्नुपर्छ ।’, उनले भने ।
नेपाल जनता चरम निराशामा रहेको भन्दै पार्टीले निराशाको चेतनालाई संघर्षमा जोड्नुपर्नेमा जोड दिए । ‘नेपालमा गोलभेडा विक्रि भएन भनेर किसान गोलभेडा सडकमा फाल्छ । दुध विक्रि भएन भनेर सडकमा दुघ पोखिन्छ ।’, उनले भने, ‘यो निराशाको चेतना हो । हामीले निराशाको चेतनालाई संघर्षको चेतनामा रुपमान्तरण गर्नुपर्छ । गोलभेडा विक्रि भएन भने कृषि कार्यालय घेराउन गर्ने हो । विदेशबाट आयातित गोलभेडा, दुःध विक्रि वितरणमा रोन्ने हो । यसले हामीलाई फाइदा गर्छ । सडकमा फाल्यो भने आफूलाई घाटा, दलाललाई फाइदा हुन्छ ।’
पछिल्ला केही बर्ष अमेरिका कुनै पनि घटनामा सफल हुन नसकेपछि अन्तिम प्रयोगका रुपमा नेपाल आएको बताए । ‘अमेरिका तालिवानाबाट धुलो चाटेर भाग्यो, युक्रेनलाई बोकेर रसियासँग लड्न खोज्दा पराजित भयो । विश्वका अन्य मूलुकबाट पनि अमेरिका पराजित भएर भागेको छ ।’, उनले भने, ‘यता इजरायललाई उचाल्दै विश्वभरबाट नाङ्गीयो । चीनलाई घेर्न अन्तिम विकल्पका रुपमा एमसीसीमार्फत नेपालमा प्रबेश गरेको छ । हामीले त्यसलाई रोक्नुपर्छ ।’
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ की इन्चार्ज भृकुटी सीले पनि प्रशिक्षण मन्तव्य राखेकि थिइन । काठमाडौं जिल्ला नम्बर ४ का इज्चार्ज सुरेन्द्र सीको अध्यक्षमा सुरु भएको कार्यक्रममा गणतान्त्रिक सम्र्पक मञ्चका रत्न सीले उपस्थित सबैलाई स्वागतमार्फत स्वागत गरेका थिए । कार्यक्रमको संचालन इच्छुक सीले गरेका थिए । -शोभराज बराल

प्रतिक्रियाहरु

[anycomment]