समाजवादी मोर्चा नुवाकोटले सन्देश सभा गर्ने

काठमाडौँ । समाजवादी मोर्चा नेपाल, नुवाकोटले मङ्सिर ३० गते सन्देश सभा गर्ने भएको छ। सो मोर्चाको शनिबार बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो । नेकपा पोलिटब्युरो सदस्य तथा मोर्चाका बागमती प्रदेश सचिवालय सदस्य माइला सीको प्रमुख आतिथ्यतामा बसेको बैठकले मङ्सिर ३० गते नुवाकोटको विदुरमा सन्देश सभा गर्ने निर्णय गरेको हो ।
नेकपाका जिल्ला इन्चार्ज निर्देश सी (गोपाल) को अध्यक्षतामा बसेको बैठकले मोर्चालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएको थियो । ‘नुवाकोटमा मोर्चाको जिल्ला समन्वय समिति गठन गरी कार्याक्रमलाई शसक्त ढंगबाट अगाडि बढाउने निर्णय गरियो ।’, बैठकपछि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।
बैठकमा नेकपा पोलिटब्युरो सदस्य तथा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आजाद सी, माओवादी केन्द्रको तर्फबाट नुवाकोट जिल्ला संयोजक पुष्प लामिछाने (अरुण), माओवादी केन्द्रका बागमती प्रदेश सल्लाहकार समिति सदस्य इन्द्रबहादुर पण्डित, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट केन्द्रिय परिषद सदस्य याम बहादुर खाति (क्षेत्री), नेकपा नुवाकोट जिल्ला सेक्रेटरी संगम सी, युवा संगठन नेपालका पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज जीवन सीको उपस्थिति रहेको थियो ।
