विशेष अदालतका न्यायाधीशद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

२०८० मंसिर १८ गते, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई शपथ गराएका हुन् । ५ मंसिर गने बसेको न्यायपरिषद्को बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्ति सिफारिस गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु