नेकपाद्वारा देशभर मसाल जुलुस प्रदर्शन

२०८० मंसिर १९ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको बिरोधमा आज साँझ देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन गरेको छ। यसैक्रममा काठमाडौं जिल्ला नम्बर १ ले भब्य मसाल जुलुससहित प्रदर्शन गरेकाे हाे । काठमाडौंकाे ठहिठीबाट सुरू भएकाे मसाल जुलुस इन्द्र चाेक, असन हुँदै भाेटाहिटीमा पुगेर काेणसभामा परिणत भएकाे थियाे । नेकपा केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल सीले काेणसभालाई सम्बाेधन गर्दै गर्दा प्रहरले बिथोल्न खाेजेकाे थिए ।
नेकपा केन्द्रीय सदस्य भृकुटी सीले चर्का नारा लगाएपछि प्रहरी ब्याक भएकाे थियाे । पछि गाललागी हुने डरले आफूहरुले आहार निभाउन खाेजेकाे प्रहरीले प्रतिक्रिया दिएकाे थियाे ।
मसाल जुलुसमा नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ की ईन्चार्ज भृकुटी सी, केन्द्रीय सदस्य तथा श्रमिक सामुदाय मोर्चाका अध्यक्ष रामलाल सी, केन्द्रीय सदस्य ज्ञानुसी लगायतको उपस्थिति रहेको थियो ।
साेमबार काठमाडौं जिल्ला अदालतले नेकपा महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, पाेलिटब्युराे सदस्य माईला सी लगायतका नेताहरूलाई ३५ दिने पक्राउ पुर्जी जारी गरेकाे थियाे । यसैकाे विराेधमा नेकपाले मंगलबार आन्दाेलनका कार्यक्रम सार्वजनिक घाेषणा गरेकाे थियाे । साेहि कार्यक्रम अनुसार देशभर बिराेध स्वरूप मसाल जुलुस गरिएकाे हाे ।

यता, नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले तुलसीपुरमा मशाल जूलूस प्रदर्शन गरेको छ । मङलबार सो पार्टीका नेताकार्यकर्ताले तुलसीपुरको विपि चोक , बिरेन्द्र चोक लगाएतका स्थानमा मशाल जुलुस प्रदर्शन गरेका हुन् । नेकपा पश्चिम दाङले पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी लगाएतका नेताकार्यकर्ता विरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको बिरोध स्वरुप मशाल जूलूस प्रदर्शन गरेका हो । तुलसीपुरको सुनिल स्टेसनरी चोकबाट सुरु भएको मशाल जूलूस विपि चोक हुँदै बिरेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
मशाल जूलूस पछिको कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा पार्टीका पश्चिम दाङ जिल्ला इन्चार्ज प्रदिप सीले अदालतले पार्टीका महासचिव लगाएतका नेताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी प्रतिसोध भावनाका साथ मुलुकलाई युद्धमा धकेल्ने षड्यन्त्र भइरहेको बताए ।
नेता प्रदिपले पार्टी र सरकारबिच भएको तीन बुदे सहमतीको गम्भीर उलंघन अहिलेको पक्राउ पुर्जी भएको बताउदै भने, “अदालतको ढोकाबाट देशलाइ भड्खालोमा हाल्न खोजिएको छ । तीन बुदे सहमती कार्यान्वयन भएन भने हामी नयाँ ढंगको आन्दोलन गर्छौं । हाम्रो पार्टी तीन बुदे सहमतीप्रती इमानदार छ । हामी सहमतीको पुर्ण पालना गरिरहेका छौँ तर राज्यले सहमती तोड्न खोजिरहेको छ ।”
कोणसभालाई सम्बोधन गर्दै नेता प्रदिपले देशको आमूल परिवर्तनका लागि समाजवाद चाहिएको समेत बताए । उनले भने , “ आमूल परिवर्तनका लागि समाजवाद चाहिन्छ । समाजवादका लागि जनमतसंग्रह गरौं । जनताले समाजवाद चाहिरहेका छन तर यहाँ अनेकौं षड्यन्त्र गरेर समाजवादी आन्दोलनलाई तुहाउने प्रयास भईरहेका छन् । यहाँका प्रतिगामीहरुले समाजवादी आन्दोलन देख्न चाहिरहेका छैनन्।”
कोणसभाको सहजीकरण नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम पार्टीका पश्चिम दाङ जिल्ला इन्चार्ज निर्मल सीले गरेका थिए ।
मशाल जूलूस प्रदर्शनमा नेकपाका नेताकार्यकर्ताले कथित पक्राउ पुर्जी खारेज गर , नेकपा जिन्दावाद , एकीकृत जनक्रान्ती जिन्दावाद , तीन बुदे सहमती कार्यान्वयन गर , दलाल सत्ता मुर्दावाद लगाएतका नारा लगाएका थिए ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव पार्टीका प्रवक्ता प्रकाण्ड सहितका थुप्रै नेताकार्यकर्तालाई काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि नेपाल कम्युनिस्ट पार्टी झापाले अहिले साँझ झापाको दमकमा मसाल जुलुस निकालेको छ। नेकपाका महासचिव विप्लवले मंगलवार प्रेश विज्ञप्ति जारी गर्दै आज बेलुका साढे पाँच बजे देशभर अदालतको पक्राउ पूर्जी विरुद्ध मशाल जुलुस गर्न पार्टीपंक्तिलाई निर्देशन गरेका थिए ।
नेकपा झापाले पार्टीका महासचिव विप्लवको निर्देशनलाई पालना गर्दै आज साँझ झापामा मसाल जुलुस सहितको कोणसभा सम्पन्न गरेको छ। पश्चिम झापा इन्चार्ज सञ्जय सीले सञ्चालन गरेको कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंहले आगोसँग खेल्न खोजे खरानी बनाउने चेतावनी दिएका छन्,।
दलाल राज्यसत्ता परिवर्तनको निमित्त बलिदान गर्न समेत तयार रहेर हिँडेका सिपाहीहरुलाई नजिस्काउन चेतावनी दिँदै दलालहरुको इशारा मा तीनबुदे सहमति विपरीत पक्राउ पुर्जी जारी गर्ने अदालत र न्यायाधीशहरुलाई समेत नेता सिंहले कारबाहीको चेतावनी दिएका छन्,। उनले दलाल पुजीवादीहरुले पटकपटक राष्ट्रघात र जनघात गरेको पछिल्लो समय एनसिएललाई उन्मुक्ति दिएको , राष्ट्रघाती एमसिसी पारित गरेको भन्दै पक्राउ पुर्जी जनताको लागि संघर्ष गर्ने नेतालाई नभएर देश बेच्ने दलालहरुलाई जारी गर्न चेतावनी दिएका छन्,।

प्रतिक्रियाहरु

[anycomment]