नेकपा कालिकोटद्धारा भूमीराजको निधनप्रति गहिरो दुख प्रकट

२०८० मंसिर २२ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको रास्कोट नगरपालिका वडा नम्वर १ हेप्पकोट निबासी पार्टीका जिल्ला समिति सदस्य अमर बहादुर शाहीका २२ बर्षिय छोरा तथा पार्टी सदस्य भूमीराज शाहीको मंसिर १९ गते असामयिक निधन भएको खवरले पार्टी स्तव्ध भएको जनाएको छ । नेकपाका जिल्ला इन्चार्ज बलवान सी र सेक्रेटरी शाहसी सीले विहिवार एक शोक वक्तव्य जारी गर्दै भूमीराजको असामयिक निधनले पार्टी निकै स्तब्ध र मर्माहित भएको बताएका हुन ।
नेकपाले पार्टी सदस्यको निधनले पार्टीलाई अपुरणीय क्षति भएको शोक वक्तव्यमा उल्लेख गर्दै भूमीराजप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीले भूमीराजको निधनले शोकमा रहेका घरपरिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारणको कामना गरेको छ । शोक बक्तव्यमा भूमीराजले क्रान्तिमा पुर्याएको योगदानको उच्च कदर गर्दै पार्टीले उच्च सम्मान पनि व्यक्त रेको छ ।

प्रतिक्रियाहरु

[anycomment]