पोर्चुगलद्वारा नेपाललाई दूतावास खोल्न स्वीकृति

२०८० मंसिर २३ गते, शनिबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलले दूतावास खोल्न नेपाललाई स्वीकृति दिएको बताएका छन । नेपालले केही साताअघि पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेपछि पोर्चगलले स्वीकृति दिएको हो । परराष्ट्रमन्त्री साउदले शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकलाई जानकारी दिंदै भने -“पोर्चुगल सरकारबाट नेपालको आवासीय दूतावास खोल्न सहमति समेत प्राप्त भइसकेको जानकारी यस सम्मानित समितिसमक्ष राख्न चाहन्छ। ”
उनले पोर्चुगलमा दूतावास खोल्ने नेपाल सरकारको सुझबुझ पूर्ण निर्णय भएको बताउदै धेरै पक्षलाई विचार गरेर पोर्चुगलमा नयाँ दूतावास खोल्ने निर्णय गरिएको बताए ।
उनले भने-“पोर्चुगलमा दूतावास स्थापनापश्चात नेपाली नागरिकहरूको हक हित संरक्षण एवं प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै उक्त मुलुकबाट नेपाल भित्रिने विप्रेषण वृद्धि तथा नेपालको पर्यटन, लगानी र व्यापार प्रवर्द्धनमा योगदान पुग्नजाने विश्वास गरिएको । ”

प्रतिक्रियाहरु

[anycomment]