नेकपा पोलिटब्यूरोको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठक कपिलबस्तुको केन्द्रीय कार्यालय शिवगढीमा सुरु भएको छ । आज अपरान्हबाट बैठक सुरु भएको नेकपाका स्थायी समिति सदस्य तथा जनप्रचार विभागका इन्चार्ज अनिल सीले जानकारी दिए । बैठकमा नेकपाका महासचिव विप्लव सी ले तयार गरेको र स्थायी समितिको बैठकले पास गरेको “केन्द्रीय समितिको विशेष बैठकको राजनीतिक र सङ्गठनात्मक प्रस्ताव” पेश भएको छ ।

पोलिटब्यूरोका सदस्यहरुले महासचिव विप्लवको प्रस्तावमाथि आ–आफ्नो धारणा राखिरहेका छन । बैठकमा पोलिटब्यूरो सदस्यहरुले धारणा राख्नेक्रम सकिएपछि महासचिव विप्लवले छलफल गर्ने बताईएको छ । बैठक आजै सक्ने लक्ष्य रहको र भोलिबाट केन्द्रीय समितिको बैठक बस्ने तयारी भएको नेकपाले जनाएको छ ।