समाजवादी मोर्चा भक्तपुरद्वारा नेकपाका नेतामाथि गरिएको प्रकाउ पुर्जीको विरोध

२०८० पुष २ गते, सोमबार


काठमाडौँ । समाजवादी मोर्चा नेपाल, भक्तपुरले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी सहितका नेतामाथि काठमाडौं जिल्ला अदालतले मंसिर १८ गते गरेको पक्राउ पूर्जीको आदेशकाे विरोध गर्दै गम्भीर आपत्ति जाएको छ ।
नेपाल कम्युनिष्ट पार्टीसहित चार दलिय सो मोर्चाको जसपाको कार्यालय दुधपाटीमा आइतबार बसेको समाजवादी मोर्चा भक्तपुरको बैठकले यो आदेश तीन बुँदे सहमति, शान्ति प्रक्रिया र अग्रगामी राजनीतिक निकास विरुद्ध भएको ठहर गरेको छ ।
मोर्चाले अदालतको आदेश यथाशिघ्र फिर्ता गरिनु पर्ने, नेकपाका नेतामाथि लगाइएका झुट्टा मुद्धा खारेज गरिनु पर्ने ठहर गरेको छ । साथै देशको तत्कालीन समस्या शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेको पहल कदमीमाथि आघात पुग्ने समेत ठहर गरेको छ ।
मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ – ‘काठमाडौं जिल्ला अदालतले २०७६ साल पुष महिनाको मुद्दा ब्युताएर २०५० मंसिर १५ गतै नेपाल कम्यनिस्ट पार्टीका महासचिव लगायतका नेताहरुलाई जारी गरिएको वारेन्ट प्रति समाजवादी मोर्चा नेपाल भक्तपुरको गम्भिर ध्यानाकर्षण भएको छ । शक्ति पृथकिकरणको सिद्धान्त अनुसार न्यायालयको भूमिकालाई सम्मान गर्दछौँ र यसमा हामी प्रतिबद्ध छौँ । तर न्यायलयले शान्ति प्रक्रियामा आँचआउने गरि २०७७ साल फागुन २१ गते सम्मपन्न नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीका विच भएको ३ बुदैँ सहमतिको विपरित हुनुका साथै, देशको तत्कालीन समस्या शान्तिपूर्ण तरिकाले निकाश दिन भईरहेको पहल कदमी माथि आघात पुग्ने हाम्रो ठहर रहेको छ । यसप्रकारका गतिविधिले
सम्झौतामा सामेल पक्षहरू बिच अविश्वास सृजना गर्छ र अन्तत: शान्ति र सुसाशनको प्रक्रिया नै अबरुद्ध पार्ने हुनाले यस्तो गतिविधि एवम्‌ क्रियाकलाप कुनै पक्ष वा निकायबाट नगर्न र नगाराउन समाजवादी मोर्चा नेपाल, भक्तपुर हार्दिक अपिल गर्दछ । विभिन्न प्रकारको आन्दोलनको जगमा नेपाल संघीय लोकतान्त्रिक व्यवस्था स्थापना भएको र नेपाली जनता लोकतन्त्र संस्थागत गर्ने लोकतान्त्रिक अभ्यासको क्रममा रहेको स्मरण गर्दै, शान्ति प्रक्रियामा अबरोध पुग्ने काम नगर्न सम्बन्धि निकाएको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु