नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सुरु
२०८० पुष २ गते, सोमबार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । सो पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुको शिबगढीमा आज दिउसोवाट केन्द्रीय समितिको बैठक सुरु भएको हो ।
बैठकमा नेकपाका महासचिव विप्लव सीले “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” भन्ने शिर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पेश गरेका छन ।
महासचिव विप्लव सी को प्रस्तावमाथि केन्द्रीय समितिका सदस्यहरुले धारणा राख्नेक्रम सुरु भएको छ ।
यसअघि नेकपाको स्थायी समिति बैठक आईतवार बसेको थियो । आईतवार साझँ देखि सोमबार मध्यान्हसम्म पोलिटव्यूरोको बैठक बसेको थियो । नेकपाले पोलिट व्यूरोको बैठक पछि सारेर केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकमा देशभरका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको छ ।