नेकपा केन्द्रीय समितिको बैठकमा समुहगत छलफलफ सुरु,तस्बिरहरू

२०८० पुष २ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको नवौं केन्द्रीय समितिको विशेष बैठकमा महासचिव सी ले पेस गरेको राजनीतिक प्रस्तावमाथि समुहगत छलफलफ सुरु भएको छ। बैठकमा नेकपाका महासचिव विप्लव सीले “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” भन्ने शिर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पेश गरेका छन । केन्द्रीय सदस्यहरुले बैठकमा पेश भएको ८ पृष्ठ लामोे प्रस्ताव अध्ययन गरेर भोलि विहानबाट सुरु हुने बैठकमा धारणा राख्ने छन । महासचिव विप्लवले बैठकका विभिन्न १२ वटा अन्य प्रस्तावहरु पनि पेश गरेका छन । प्रस्तावहरुमा अन्तर्राष्ट्रिय गीत, श्रद्धाञ्जली, स्वागत नयाँ सदस्य, राजनीतिक र सङ्गठनात्क प्रस्ताव,राजनीतिक काम, सङ्गठन ,सङ्घर्ष, आर्थिक, प्रकाशन, नमूना कार्य, सांस्कृतिक र विविध रहेका छन ।
अन्तर्राष्ट्रिय गीत गायर सुरु गरिएको बैठकमा महान सहिदहरु प्रति १ मिनेट श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]