माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता

२०८० पुष ५ गते, बिहीबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बिहान बसेको पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।
प्रवक्ता अग्नि सापकोटाले पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको बताउदै विधान मस्यौदा समिति गठन गरेको जानकारी दिए । उनका अनुसार समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन् ।
विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ ।
प्रवक्ता सापकोटाले माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष पनि बैठकले निकालेको बताउदै भने- ‘अभियानको समीक्षा भयो’, सापकोटाले भने, ‘पार्टी चलायमान भयो, गतिशील भयो । केही हदसम्म जनमुखी पनि भयो । यो अभियानलाई भिन्न रूपमा निरन्तरता दिनुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ ।’
उनले जनपरिचालनसहित देशैभरि पालिकास्तरमा १६ पुसमा रूपान्तरण अभियान समापन गरिने जानकारी समेत दिए ।

प्रतिक्रियाहरु

[anycomment]