साम्राज्यवादी षडयन्त्रलाई अदालतमार्फत अगाडि सारेर नेकपामाथि हमला
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य चिरन सी ले साम्राज्यवादी षडयन्त्रलाई अदालतमार्फत अगाडि सारेर नेकपा , नेतृत्व र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमाथि हमला भएको ठोकुवा गरेका छन । काभ्रेको चौंरीदेउरालीमा आयोजित एकीकरण र ध्रुवीकरण कार्यक्रममा बोल्दै उनले सो ठोकुवा गरेका हुन्।
नेता चिरन सी ले एमसीसीमार्फत अमेरिकी साम्राज्यवादले नेपालको स्वाधीनतामाथि उपनिवेश लाद्न खाेजेको बताउदै भने- ‘कुनै पनि मूल्यमा लागू गर्नुहुँदैन ।’
त्यसैगरी उक्त कार्यक्रममा पोलिटब्यूरो सदस्य कान्छाराम सीले स्थानीय जनताको हक अधिकारलाई स्थापित गर्न आफु र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले सही माग उठाउँदै आएको कुरा बताए । उनले भ्रष्ट संसदवादी राज्यसत्तालाई अन्त्य गरेर समाजवादको झण्डा फहराउन लागिरहेको सङ्केत दिँदै सच्चा कम्युनिस्टहरू नेपाल कम्युनिस्ट पार्टीमा गाेलबन्ध हुन अपिल समेत गरे ।
शनिवार काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ७, मादनकुँडारीमा पनि वडा भेला सम्पन्न भएको हो । सुकराम सीको अध्यक्षतामा र रमेश सीको सञ्चालनमा भएको भेलाको उद्घाटन प्रमुख अतिथि पोलिटब्यूरो सदस्य चिरन सीले गरेका थिए । कार्यक्रममा केन्द्रीय सल्लाहकार दीपक सी, केन्द्रीय सदस्य तथा ब्यूरो ईन्चार्ज विकल्प सी, केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बिन्दु सीलगायतले आ- आफ्ना धारणा राखेका थिए ।
विष्णुप्रसाद सीले स्वागत मन्तव्य राखेको भेला उद्घाटन सभामा नेपाली काङ्ग्रेसको तर्फबाट शुभकामना मन्तव्य बयानबहादुर लामाले राखेका थिए । सभामा रामहरि सी, होमराज सी,क. बज्र सी, आशालाल सीलगायतले मन्तव्य राखेका थिए ।
भेलाले रमेश सीको सेक्रेटरीमा १९ सदस्यीय वडा समिति निर्माण गरेको छ । जसको सह सेक्रेटरीमा तीर्थराज सी छन् । सदस्यहरूमा मानवीर सी , .मानबहादुर सी, आशा सी, . मरिचमान सी, सत्रजीत सी, चित्रबहादुर सी, कर्म लोप्साङ सी, कान्छीमाया सी (क), शान्ति सी, बोईमो सी, जगतबहादुर सी, साईला सी, कान्छीमाया सी (ख), माया सी, बिटुल सी,. मानबहादुर सी र धिराज सी रहेका छन् ।
स्मरणीय छ , गत मंसिर २ क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको सचिवालय सदस्य, केन्द्रीय सदस्यसहित जिल्ला कमिटी काभ्रेको सिँगो कमिटी तथा आम आद्मी पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरण भएपछि काभ्रेको वडा तहसम्म एकता भेला गरी एकीकरण र ध्रुवीकरण जारी रहेको छ ।