पत्रकार प्रकाश डुम्रेलाई पितृ शोक : नेकपाद्वारा दुःख व्यक्त
काठमाडौं: जनपत्रकार सङ्गठन नेपालका संस्थापक अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी प्रचार तथा प्रकाशन विभागका सदस्य प्रकाश डुम्रेलाई पितृ शोक परेको छ। डुम्रेका बुवा टेकलाल डुम्रेको ७५ वर्षको उमेरमा सोमबार बिहान २ बजे लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा निधन भएको छ । २००५ साल साउन ७ गते स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १२ मा जन्मिएका डुम्रेको ७५ वर्षको उमेरमा निमोनियाँका कारण निधन भएको हो । उनको आजै विहान स्याङ्जामा अन्तिष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।
उनको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीले दुःख व्यक्त गरेको छ । नेकपाका स्थायी समिति सदस्य तथा प्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले शोक वक्तव्य जारी गर्दै टेकलाल डुम्रेको निधनले पार्टी दुःखित भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले शोकाकूल परिवारजनप्रति सहानुभूति प्रकटसमेत गरेका छन् ।
स्वर्गीय डुम्रेका ५ छोरी र ३ छोरा रहेका छन् , पत्रकार प्रकाश डुम्रे कान्छो छोरा हुन् ।
स्वर्गीय डुम्रेले लामो समय भारतमा बसेर समाजसेवा गरेका थिए । नेपाल फर्किएपछि पनि उनी निरन्तर समाजसेवामा क्रियाशिल थिए । उनी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, विभिन्न उपभोक्ता समितिमा रहेर समाज सुधारका थुप्रै काम गरेका थिए ।
यसैबीच, जनपत्रकार सङ्गठन नेपालका पूर्व अध्यक्ष प्रकाश डुम्रेका बुवा टेकलाल डुम्रेको निधनप्रति जनपत्रकार संगठनले शोक व्यक्त गरेका छ । सोमबार सङ्गठनका अध्यक्ष अध्यक्ष शेरबहादुर विश्वकर्माले शोक वक्तव्य जारी गर्दै शोक व्यक्त गरेका हुन् । संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माद्वारा जारी वक्तव्यमा भनिएको छ- ‘जनपत्रकार सङ्गठन नेपालका पूर्वअध्यक्ष, तथा प्रकाशन विभाग अन्तर्गत जनपत्रिका मासिकका प्रधान सम्पादक प्रकाश सीका बुवा टेकलाल डुम्रेको ७५ वर्षको उमेरमा आज विहान निधन भएको छ । वालिङ नगरपालिका १२ स्याङ्जामा जन्मिनुभएका उहाँको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भएको निधनप्रति हाम्रो संगठन गहिरो दुःख प्रकर्ट गर्दै हार्दिक श्रदाञ्जली व्यक्त गर्दछ । दुःखको यस घडिमा शोकलाई शक्तिमा बदल्दै पत्रकार प्रकाश, उहाँको परिवारजन र आफन्तप्रति गहिरो समवेदनमा प्रकर्ट गर्दछौं ।’