अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा माओप्रति उच्च सम्मान गर्दै हार्दिक श्रध्दान्जली अर्पण

२०८० पुष १० गते, मंगलवार


काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले १३१ आौं जन्मजयन्तिका अवसरमा कमरेड माओ त्सेतुङप्रति उच्च सम्मान गर्दै श्रध्दान्जली प्रकट गरेको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै श्रध्दान्जली प्रकट गरेका हुन् ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – ‘आज विश्व सर्वहारा वर्गका महान् नेता तथा माओवादका प्रवर्तक कमरेड माओ त्स्तुङको १३१ आौं जन्म दिवस । आज विश्वभरका सामन्तवाद र साम्राज्यवादद्वारा उत्पीडित राष्ट्र जनता तथा क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरु र आम जनसमुदायले कमरेड माओको १३१ आौं जन्म दिवस भव्यताका मनाउन गइरहेका छन् । यस ऐतिहासिक अवस्थामा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले कमरेड माओप्रति उच्च सम्मान गर्दै हार्दिक श्रध्दान्जली अर्पण गर्दछ ।


विश्व साम्राज्यवादले विश्वका विभिन्न देशहरुमा आफ्ना दलालहरु तयार पार्ने उत्पीडित राष्ट्र र जनसमुदाय भिषण दमन गर्न उक्साउने , राष्ट्रिय स्वाधीनतामाथि हमला गर्दै आइरहेको आज वस्तुगत अवस्थामा कमरेड माओको यस १३१ आौं जन्म जयन्तीको ऐतिहासिक अवसर पारेर संसारभर क्रियाशील क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरु र आम विश्व जनसमुदायले साम्राज्यवाद विरोधी संयुक्त मोर्चा निर्माणको पहल गर्न र संयुक्त रुपमा विश्व साम्राज्यवादका विरुद्ध लड्न हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र हार्दिक अनुरोध तथा आग्रह गर्दछ ।
अन्त्यमा कमरेड माओको महान् दार्शनिक सिध्दान्त माओवाद र उहाँले मार्क्सवादका तीन संघटक अंग दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमाथि गर्नुभएको विकास र प्रयोगबाट शिक्षा लिदै मालेमावादको प्रयोग , विकास र संरक्षण गर्ने आँट प्रतिबध्दता जाहेर गरेर मात्र कमरेड माओको १३१ आौं जन्म जयन्ती मनाउनु र सच्चा श्रध्दान्जली अर्पण गरेको ठहर्नेछ ।’

प्रतिक्रियाहरु

[anycomment]