नेकपाद्वारा पुनर्निर्माणमा सहभागी नेता – कार्यकर्तालाई सम्मान
२०८० पुष १० गते, मंगलवार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भुकम्प प्रभावित क्षेत्र सल्यानको दार्मा गाउँपालिकामा पुनर्निर्माण र राहतका लागि गएको नेकपा पूर्वी लुम्बिनी ब्यूरोका सदस्यलाई सम्मान गरेको छ । नेकपा स्थायी समिती सदस्य अनिल सीले १३१ औं माओ दिवसको सन्दर्भमा संगठन सुदृढ तथा विस्तार अभियान उद्घाटनको अवसरमा आयोजित राजनीतिक तथा वैचारिक प्रशिक्षणमा उनीहरुलाई अबिर र खादा लगाएर सम्मान गरेका हुन्। उक्त कार्यक्रममा राहत तथा पुनर्निर्माणमा गएका टिम कमान्डर तथा पार्टी पिबिएम, ब्यूरो इन्चार्ज वसन्त सी, केन्द्रीय सदस्य एवं नवलपरासी इन्चार्ज कमल सी, गुल्मी इन्चार्ज खोमा सी, पाल्पा सेक्रेटरी नेपाल सी, नवलपुर सेक्रेटरी रक्षक सी, रूपन्देही जिल्ला सदस्य तेजेन्द्र सी लगायत २० जनालाई सम्मान गरिएको थियो ।