‘ प्रतिक्रियावादी शक्तिले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेका छन् ‘

२०८० पुष ११ गते, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेको बताएका छन छ । सो पार्टीको आजवाट सुरु भएको केन्दिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले संविधानमाथि आक्रमण गर्ने काम फेरि सुरु गरेकाले राजनीतिक दलहरुले फेरी गम्भिर भएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याउदै मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढनका लागि समाजवादी मोर्चामा आवद्ध सबै दलहरु एकतावद्ध भएर अघि बढ्न सहमत रहेको बताए ।
अध्यक्ष नेपालले समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँ भित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल भित्र्याएको र त्यसको समाधानका लागि मोर्चामा आवद्ध सबै दलहरु एकभएर अघि बढन सहमत रहेको उल्लेख गर्दै संविधान जोगाउनका लागि आफूहरुले विगतमा एमालेभित्रैबाट बिद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको बताए ।
अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन, बनाउन र लोकप्रिय बनाउने काममा कसरी लाग्न सकिन्छ भन्ने बारेमा पनि समाजवादी मोर्चाभित्र छलफल सुरु गरिएको समेत बताए ।
यसैगरी , सो बैठकलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता नै नभएको बताए । नेता खनालले लागू नगरिएकाले पार्टीमा उमेरहदको सन्दर्भ हराइसकेको दाबी गर्दै उमेरहद राख्ने तर विचारवान नेताहरु जन्माउन नसकिएको पनि स्मरण गराए । उनले आगामी महाधिवेशनमा पार्टीमा युवाहरुको व्यापक उपस्थिति हुनेगरी विधान बनाउनुपर्ने कुरामा पनि जोड दिदै पार्टी कमिटीका आकारहरु पनि घटाउनुपर्ने प्रस्ताव गरे । ठूलो कमिटी खर्चिलो र भद्दा हुने भएकाले यसको आकार कटौति गर्न आवश्यक रहेको उनको तर्क थियो ।

प्रतिक्रियाहरु

[anycomment]