‘ गणतन्त्रमाथि दलाल पुँजीवादले पलेटी कसेर बसेको छ’

२०८० पुष २० गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा जनसांस्कृतिक महासंघका इञ्चार्ज माइला सीले नेपालको गणतन्त्रमाथि दलाल पुँजीवादले पलेटी कसेर बसेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी काठमाडौँद्वारा आयोजित बेथान वीरता दिवस तथा सामना जनजागरण अभियान कार्यक्रममा बोल्दै नेता लामाले गणतन्त्रमाथि दलाल पुजिवादले पलेटी कसेर बसेको बताएका हुन् । उनले नेपालको गणतन्त्रमाथि दलाल पुजिवादले पलेटी कसेर बसेको र दलाल पूजीवादको पैतलामुनि गणतन्त्र पिल्सिएको बताउदै भने- ’दलाल पुँजीवादको चंगुलमा चुर्लुम्म डुबेको गणतन्त्रले यो देशको जनताहरुको समस्याको समाधान गर्न सकेन, राष्ट्रियताको रक्षा गर्न सकेन ।’
बेथानमा सहादत प्राप्त गरेका सहिदहरु तिर्थ गौतम लगायतलाई सम्झिदै उनले भने- ’आजभन्दा २७ वर्ष पहिले तानाशाही राजतन्त्रको विरुद्ध धावा बोलेर सहादत प्राप्त गरेका र बालकुमारीमा बगेको रगतमा समानता त छैन तर यो दलाल व्यवस्था रहेसम्म यो देशको अर्थतन्त्रको चाबी दलाल पुँजीवादीहरुको हातमा रहेसम्म यो देशमा उद्योग कलकारखानाको विकास सम्भव छैन र रोजगारीको निम्ति अझै हजारौ युवाहरुले ज्यान गुमाउने अवस्थाको अन्त्य हुन सक्दैन यो सबै दलाल पूजीवादको उपज हो नेपालको समग्र पुँजी दलालहरुको स्वामित्वमा रहेका कारण युवाहरुले देशमा भविष्य देख्न छाडे र लाखौ युवा नौजवान विदेशिन लालाहित भएका छन् ।’
नेता माइला सीले दलाल पुँजीवादको चरित्र कमिसन आउछ भने उसले आफ्नो आमा समेत दाउमा राख्ने बताउदै नेपालीहरुले आफ्नो स्वभिमान बचाउन र दलालहरुको कब्जाबाट देश मुक्त गर्न यो देशको शासनसत्ता समाजवादीहरूको हातमा आउनुपर्ने र यो देशको नेतृत्व समाजवादीहरूले गर्नुपर्ने औल्याए ।

उनले पछिल्लो समय घटेका एनसेल काण्ड एमसीसी र विभिन्न राष्ट्रघातको विषयमा टिप्पणी गर्दै उनले यो सब साम्रज्यवादको डिजाइनमा भैरहेको ठोकुवा गरे । एनसेलको वक्यौता पुँजी २०० अर्व भन्दा माथि छ तर यो सबै पुजी नेपाल सरकारको स्वामित्वमा आउने थाहा पाएपछि केही कमिसनखोरहरुले ६ अर्वमा विदेशी कम्पनीलाई शेयर बिक्री गरेको छ हामी यस्तो कदापी हुन दिंदैनौ सरकारले एनसेलको समग्र स्वामित्व लिनुपर्छ यदी सरकार असमर्थन भए आफ्नो पार्टीले कदम चाल्ने बताए ।

नेता माइला सीले दलाल साम्रज्यवादहरुले आफ्नो स्वार्थसिद्ध गर्न जुनसुकै हदसम्म गिर्न पछि पर्दैन र छिमेकीमाथि कस्तो प्रभाव पर्छ भन्ने सोच्दैन अहिले एमसीसी त्यसको ज्वलन्त उदाहरण हो उनले भने ।’ अमेरिकी साम्राज्यवादले नेपाललाई आधार बनाएर एमसीसीमार्फत छिमेकी मुलुक चीनलाई घेराबन्दी गर्न चाहन्छ र भारतलाई पनि साइजमा राख्न चाहन्छ अमेरिकी लोकतन्त्रको परिभाषा भनेको आणविक बम हो यो विना अमेरिकी अस्तित्व संकटमा छ । यो सबै कुराको समाधान भनेको नेपाली विशेषताको समाजवाद हो यसका निम्ति सम्पूर्ण देशभक्त कम्युनिस्ट गैरकम्युनिस्ट समाजवाद समानता चाहनेहरु पार्टीभन्दा देशलाई प्रधान मानेर समाजवादी यात्रामा एकाकार हुन आह्वान समेत गरे ।
नेकपाका केन्द्रिय सदस्य आरोह सीद्वारा संचालित उक्त राज्य षड्यन्त्रको भण्डाफोर तथा जनजागरण अभियान कार्यक्रमको अध्यक्षता नेकपा जिल्ला नम्वर १ का सेक्रेटरी दिपक सीले गरेका थिए । माइला सीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा काठमाडौँ जिल्ला नम्बर १ की इञ्चार्ज भृकुटी सी, राजकुमारी सी, राजेन्द्र सी लगाएत विभिन्न जवसका नेताहरुको आतिथ्यता रहेको थियो भने महानगर अन्तर्गतका विभिन्न वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सामना जनसांस्कृतिक महासंघका कलाकारहरुले आफ्नो सशक्त प्रस्तुति दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु