नेकपा धादिङद्वारा बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदर र ज्यादती विरुद्ध प्रदर्शन

२०८० पुष २० गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी धादिङले बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदर र ज्यादतीको विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । सो पार्टीले बिहीबार बिचबजारमा चर्को ब्याजदर र ज्यादतीको विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको हो । नेकपा पश्चिम ताम्सालिङ ब्यूरो अन्तर्गत धादिङ जिल्ला समितिले बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदर र ज्यादतीको विरुद्ध धादिङको सिरान बजारबाट शुरु भएको विरोध र्‍याली बिच बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त कोणसभामा नेकपा पोलिट व्युरो सदस्य तथा पश्चिम ताम्सालिङ्ग व्युरो इन्चार्ज आजाद सीले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा नेता आजादले वर्तमन समयमा बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदर र ज्यादतीले आम नेपाली जनताले भोग्नु परेको विकराल समस्याको विरुद्ध संघर्ष गर्ने बताएका छन् । यो व्यवस्थाले आम नेपाली जनतालाई निकास दिन नसक्ने भन्दै उनले अबको विकल्प भनेको नेपाली विशेषताको समाजवाद भएको ठाेकुवा गरे ।
अन्तमा देशकाे जिम्मा लिन आफ्नो पार्टी तयार भएको उद्घोष गर्दै साम्राज्यवाद विरुद्ध जस्तोसुकै अवस्थामा भिड्न तयार भएको र त्यसमा सबैलाई साथ दिन आग्रह समेत गरेका थिए । उक्त कार्यक्रमकाे संचालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा पश्चिम ताम्सालिङ्ग व्युरो इन्चार्ज मेघेन्द्र सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु