वर्तमान राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा अनेमसंघ(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष बन्धु सीले वर्तमान राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद भएको बताएकी छन। नेपाल कम्युनिष्ट पार्टी दक्षिण बाँकेको विशेष बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्। उनले भनिन् – ‘नेपालमा अहिलेको राजनीतिक संकटको निकास नत अमेरिकी चाहानाले हुन्छ नत भारतीय चाहानाले हन्छ यहाँ त नेपाली जनताको चाहानाले समाजवादी व्यवस्थाबाट समाधान हुन्छ,त्यसका लागि नेपाली विशेषताको समाजवाद नै उपयुक्त विकल्प हो ।’
अध्यक्ष बन्धु सीले अमेरिकी साम्राज्यवादले अस्सली दलाल पात्र मार्फत नेपालमा निरंकुश सरकार बनाउन चाहेको बताइन । उनले भारतीय साम्राज्यवादले पनि नेपालमा हिन्दुधर्मको नारा उठाउदै दलाल तत्व र राजावादीहरुको गठन्धन गराई आफ्नो स्वार्थ अनुकूलको सरकार बनाउने दाउ खोजेको बताईन । उनले साम्राज्यवादलाई समाजवादी मोर्चा आखाँको कसिंगर भएको तर्फ चर्चा गर्दै समाजवादी मोर्चा भत्काएर दलालहरुको निरंकुश सरकार बनाउनेतिर साम्राज्यवादी षड्यन्त्र भइरहेको बताईन ।
बैठकमा नेकपाका दक्षिण कर्णाली ब्यूरो इन्चार्ज संगम सी,नेकपा दक्षिण बाँके जिल्ला इन्चार्ज शेखर सीको पनि आतिथ्यता रहेको थियो । दक्षिण बाँके सेक्रेटरी बाकर सीको अध्यक्षतमा बैठक बसेको हो ।