नेकपाद्वारा अमृतादेवी महत्ताेको निधनप्रति दुःख व्यक्त
२०८० पुष २५ गते, बुधबार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले अमृतादेवी महत्ताेको निधनप्रति दुःख व्यक्त गरेको छ। सो पार्टीका महासचिव विप्लव सीले केन्द्रीय सदस्य पवनकी हजुरआमा अमृतादेवी महत्ताेको आज बिहान भएको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
महासचिव विप्लव सीले बिज्ञप्तिमार्फत मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पवन र उनको परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । सर्लाहीको हरिवन नगरपालिका ६, घुर्काैली गाउँमा बस्ने पवनकी हजुरआमा अमृतादेवी महत्ताेको आज बिहान ६:४५ बजे निधन भएको थियो ।