संक्रमणकालीन विधेयक संसदमा पेश गर्न माग
काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरुले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदमा छिटो पेश गर्नुपर्ने बताएका छन । सिंहदरबारमा बसेको उक्त समितिको बैठकमा प्रमुख दलका सांसदले पीडितमैत्री हुनेगरी विधेयक संसदमा प्रस्तुत गर्नुपर्ने बताएका हुन । छलफलमा सांसदहरुले संक्रमणकालीन न्यायका विषय सहमतिबाटै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउनुपर्ने बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु आफ्नो पार्टीले टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गरेको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक सहमतिबाटै संसदमा प्रस्तुत हुने बताए । मन्त्री गुरुङले अब विदेशीसँग संक्रमणकालीन न्याय टुंगो लगाउने कुरामा लाज मानिरहनुपर्ने र ढाँटिरहनुपर्ने आवश्यकता नहुने बताए । बिधेयकमा सहमति जुटाउन समिति र शिर्ष नेताविच छलफल आवश्यक रहेको उनको भनाइ छ ।