‘वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनु भएन’
२०८० पुष २६ गते, बिहीबार
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले वीर अस्पतालमा उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका पदाधिकारीको छलफलमा उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने बताएका हुन् । त्यसैले वीर अस्पतालको सेवामा गुणस्तरीय र शुलभ हुनुपर्ने उनको भनाइ छ । वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गगर्दै भने -“बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवस्था आउनु भएन। ”
प्रधानमन्त्री प्रचण्डले कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको जानकारी दिए । उनले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने आश्वासनसमेत दिए ।