नेकपा (माओवादी ) केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता

काठमाडौँ । नेकपा (माओवादी ) केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठकले प्रतिनिधि छनोटको मापदण्ड पनि बनाएको छ ।