जनार्दन शर्माद्वारा पार्टीको नाम फेर्न र पदाधिकारीको उमेर तोक्न प्रस्ताव

काठमाडौँ । नेकपा माओवादी केन्द्रको उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्माले गत शनिबार बसेको पार्टीको स्थायी समिति बैठकमा नयाँ प्रस्ताव पेश गरेका छन्। । उनले पार्टीको नाम फेर्नेदेखि पदाधिकारीको उमेर तोक्नुपर्ने व्यवस्था पार्टी विधानमा गर्न प्रस्ताव गरेका हुन्। पार्टीको केन्द्रिय नीति योजना कार्यान्वयनको अलवा प्रदेश र स्थानीय तहका पार्टी कमिटीलाई राजकीय पदहरुको बाँडफाड, निर्वाचन, सरकार निर्माण सम्बन्धी सवै अधिकार प्रयोग गर्ने व्यगस्था विधानमा गर्नुपर्ने प्रस्ताव शर्माको छ।
गत शनिबार बसेको स्थायी समिति बैठकमा शर्माले पेश गरेको प्रस्ताव यस्तो छ –
- पार्टीको प्रदेश अध्यक्ष केन्द्रिय समितिको पोलिटब्युरो बैठकमा उपस्थित हुन पाउने व्यवस्था विधानमा राख्ने।
- सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने।
-सबै तहका पदाधिकारीको कार्यकाल र उमेर तोक्नु पर्ने। - पार्टीको नाम स् नेकपा समाजवादी राख्नु पर्ने।
- जबस सम्बन्धी नीति स् पार्टीको मार्ग दर्शक सिद्धान्त र नीतिलाई स्वीकार गरेर संगठन निर्माण, सुदृढिकरण, परिचालन, पेशागत हकहित र संघर्षका क्षेत्रमा स्वायत्तता प्रदान गर्ने।
- जबस प्रमुखहरुको संयोजन समिति बनाई पार्टीको वैचारिक र योजनागत सम्प्रेषण गर्ने व्यवस्था गर्ने।
- सरकार संचालन गर्नका लागि आवश्यक पर्ने नीति निर्माण गर्न समन्वय समिति बनाउने।
- जिल्ला समितिको कार्यक्षेत्र स् वैचारिक राजनैतिकरसंगठन निर्माण, सुदृढिकरण तथा परिचालनरआर्थिक उत्पादन रोजगारी÷विकास निर्माण र सरकार सम्बन्धी कामरसामाजिक सांस्कृतिक रुपान्तरण एवम् सामाजिक न्यायरअनुगमन र मूल्याङ्कन हुनुपर्ने।