प्रदेशको नामाकरण संघीयताविपरित

२०८० माघ ४ गते, बिहीबार


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामाकरण संघीयता विपरित भएको बताएका छन । बुधवार साँझ मधेस प्रदेश सरकारले प्रदेशको नाम घोषणा भएको स्मरणमा आयोजित स्वाभिमानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेस प्रदेश बाहेकको नाम संघीयता विपरित राजा महेन्द्रको पथमा नामाकरण गरिएको आरोप लगाए ।
अध्यक्ष यादवले पहिचानमा आधातिर प्रदेश मधेस प्रदेश मात्रै रहेको दाबी गर्दै संघीयता विपरित नामाकरण गरिएकाले नै कोशी प्रदेशको नाम जनताले अस्वीकार गरेको बताए ।
अध्यक्ष यादवले मधेस प्रदेशको मुख्य चुनौति भ्रष्टाचार रहेको बताउदै प्रदेशको समुन्नत विकासका लागि सुुशासन अपरिहार्य रहेकोले भ्रष्टाचारविरुद्ध निर्मम भएर काम गर्न आग्रह गरे ।

प्रतिक्रियाहरु

[anycomment]