मन्त्रिपरिषदद्वारा विभिन्न निकायका प्रमुख नियुक्त

काठमाडौँ । मन्त्रिपरिषद बैठकले विभिन्न तीन निकायका प्रमुख नियुक्त गरेको छ । उक्त बैठकले गंगलाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्देशकमा डाक्टर रवि मल्ल, नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको महाप्रबन्धकमा किरणबाबु पुनलाई नियुक्त गरेको हो । त्यस्तै सरकारले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गरेको छ ।
मन्त्रिपरिषद बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । त्यस्तै राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमारु पेश गर्न स्वीकृत दिने निर्णयपनि गरेको छ ।